नियम २२
समन्वय समिति
(१) सरकार वादी मुद्दाको अनुसन्धान तहकिकात एवं अभियोजनमा संलग्न निकायकाबीचमा आवश्यकता अनुसार समन्वय कायम गरी उल्लिखित कार्यमा प्रभावकारीता ल्याउन देहायबमोजिमको समन्वय समिति रहनेछः–
(क) महान्यायाधिवक्ता –अध्यक्ष
(ख) सचिव, कानून तथा न्याय
मन्त्रालय –सदस्य
(ग) सचिव, गृह मन्त्रालय –सदस्य
(घ) प्रहरी महानिरीक्षक –सदस्य
(ङ) महान्यायाधिवक्ताले तोकेको महान्यायाधिवक्ताको कार्यालयको नायव महान्यायाधिवक्ता –सदस्य–सचिव
(२) समितिको कार्यविधि समितिले निर्धारण गरेबमोजिम हुनेछ ।
(३) समितिले आवश्यकता अनुसार अनुसन्धान तहकिकातसँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।